१० हजार ६ सय ५६ मत ल्याएर मोहन आचार्य विजयी भएको मुख्य निर्वाचन अधिकृत धुव्रकुमार उप्रेतीले बताए ।
रसुवा — रसुवामा कांग्रेस उम्मेदवार मोहन आचार्यले तेस्रोपटक प्रतिनिधि सभाको निर्वाचनमा विजय हासिल गरेका छन् । १० हजार ६ सय ५६ मत ल्याएर आचार्य विजयी भएको मुख्य निर्वाचन अधिकृत धुव्रकुमार उप्रेतीले बताए । प्रतिद्धन्द्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् ।
एमालेका प्रेमबहादुर तामाङले ४ हजार ६ सय ८८ मत पाए । ४८ वर्षीय आचार्य रसुवा उत्तरगया गाउँपालिकाका हुन् । २०७४ र २०७९ सालको प्रतिनिधि सभामा पनि उनी निर्वाचित भएका थिए । २०४८ मा नेपाल विद्यार्थी संघमा आवद्ध भएर उनले राजनीति थालेका थिए । २०७२ मा कांग्रेस महासमिति सदस्य र २०७८ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट आचार्यले जित निकालेका थिए ।
जतिबेला उनले १८ हजार २३५ मत प्राप्त गरेका थिए । २०७४ मा एमाले र माओवादी वाम गठबन्धनलाई पनि उनले पराजित गरेका थिए । संसद्को सार्वजनिक लेखा समितिको सदस्य भएर उनले काम गरेका थिए ।
