तीन हजार ६६९ मत गणना हुँदा लामिछानेको एक हजार १५८ मत आएको छ ।
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन-२ मा अग्रता लिएका छन् । तीन हजार ६६९ मत गणना हुँदा लामिछानेको एक हजार १५८ मत आएको छ ।
एमालेका उम्मेदवार अस्मिन घिमिरेको ९०७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रताप गुरूङको ७७५ र नेपाली कांग्रेसका मिनाकुमारी खरेलको ५३९ मत आएको चितवन-२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा जानकारी गराएको छ ।
चितवन-२ मा ८७ हजार २२१ मत खसेको छ । २०७९ मंसिरको निर्वाचन र २०८० वैशाखको उपनिर्वाचनमा लामिछाने नै फराकिलो मतान्तरले विजयी भएको छ । हाल चितवन-२ को इच्छाकामना गाउँपतलिकाको वडा नम्बर १ र २ को गणना सकिएर ३ नम्बर वडा फिस्लिङ क्षेत्रको गणनाको प्रारम्भिक विवरण आइरहेको छ ।
