दिउँसो १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको छ ।
काठमाडौँ — निर्वाचन आयोगले सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जानकारी दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै जिल्लाहरूमा मतदान उत्साहजनक रूपमा भइरहेको जानकारी दिएका हुन् ।
आयोगका प्रवक्ता भट्टराईले भने, 'सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको छ ।'
सबै जिल्लामा दिउँसो १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको पनि भट्टराईले जानकारी दिएका छन् । सम्पूर्ण मतदाताको लगभग १८ प्रतिशत मत खसेको उनले बताए ।
