सुरक्षाकर्मी लड्दा हतियार पड्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी राजन चापागाईंले बताए ।
उदयपुर — उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको गोली आकस्मिक रूपमा पड्किएको छ ।
कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहीबार बिहान खटिएका प्रहरीले बोकेको बन्दुक असावधानीवस पड्किएको हो । बन्दुक पड्किँदा मतदान केन्द्रमा रहेको मतपेटिकामा सामान्य क्षति पुगेको छ ।
सुरक्षाकर्मी लड्दा हतियार पड्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी राजन चापागाईंले बताए । गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको प्रहरीले जनाएको छ ।
