दाङ–३ को तल्लो मलै मतदान केन्द्रमा एउटै मत खसेन

बबई गाउँपालिका–७ स्थिती देउती मावि तल्लो मलैखोलामा एउटै मत पनि नखसेको मतदान अधिकृत टेकबहादुर खड्काले बताए ।

फाल्गुन २१, २०८२

दुर्गालाल केसी

Not a single vote was cast at the Lower Malai polling station in Dang-3.

दाङ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ–३ को एक मतदान केन्द्रमा एक मत पनि खसेन ।

बबई गाउँपालिका–७ स्थिती देउती मावि तल्लो मलैखोलामा एउटै मत पनि नखसेको मतदान अधिकृत टेकबहादुर खड्काले बताए ।

प्रत्यक्षमा मतदान गर्न कोही नआएको र कर्मचारीले चार मत मात्रै समानुपातिकमा खसालेको उनले जानकारी दिए ।

समानुपातिकमा पनि सबैको नामावली नभएकाले कम मत खसेको उनले बताए । यस केन्द्रमा २ सय ७४ पुरुष र २ सय ५६ महिला गरी ५ सय ३० मतदाता थिए ।

जिलामा १० मत मात्रै खस्यो
बबई–१स्थित जनता आधारभूत विद्यालय जिला मतदान केन्द्रमा पनि १० मत मात्रै खसेकोछ । जनता आधारभूत विद्यालय जिलामा २ सय ९४ पुरुष र ३ सय ८८ महिला गरी ६ सय८२ मतदाता थिए ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त क्षेत्रका बासिन्दाले यसअघि नै मतदान नगर्ने घोषणा गरेका थिए । नेताहरु गाउँ नआएको, जति भोट हाल्दा पनि विकासका पूर्वाधार केही नभएको र बाँके राष्ट्रिय निकुञ्ज राखेर गाउँलाई असुरक्षित बनाएको भन्दै उनीहरुले मतदान बहिस्कार गर्ने घोषणा गरेका थिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully