दाेलखामा मतपत्रको ठेली नै लुटियो, सर्वदलीय छलफल जारी

मतदाताले मत खसाल्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।

फाल्गुन २१, २०८२

केदार शिवाकोटी

Ballot carts looted in Dolakha, all-party discussions continue

दोलखा — दाेलखाकाे तामाकोशी गाउँपालिका मालु मतदानस्थलबाट ५५ वटा मतपत्र हराएपछि मतदान स्थगित भएको छ । केही व्यक्तिले कर्मचारीबाट मतपत्रकाे ठेली खोसेर लगेका छन् ।

हराएका मतपत्रकाे खाेजी भइरहेकाे सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले बताए । उनका अनुसार मतपत्रकाे ठेली खाेस्नेहरूलाई नियन्त्रणमा लिइएकाे छ ।

कर्मचारीबाट मतपत्र खाेसिएपछि केहीबेर झडप भएकाे थियाे । स्थिति नियन्त्रण लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेकाे थियाे । तनाव बढेपछि राेकिएकाे मतदान अझै सुरु हुन सकेकाे छैन ।

सर्वदलीय सहमति बन्न नसक्दा मतदान हुन नसकेकाे हाे । मतदानस्थलसहित त्यस क्षेत्रमा बाक्लाे रूपमा सुरक्षाकर्मी परिचालन भएकाे छ । मतदानस्थलबाहिर मतदाताले मत खसाल्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् । कतिपय मतदाता घर फर्कन थालेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी आलेले छलफल चलिरहेको सहमति जुटाए केहीबेरपछि मतदान पुन: सुरु हुने बताए ।

केदार

Link copied successfully