युएइमा गलत सुचना फैलाउनेलाई कडा कारबाही

यूएईको साइबरक्राइम कानुनअन्तर्गत गलत सुचना फैलाउनेलाई न्युनतम एक वर्षको जेल र १ देखि १० लाख दिराम जरिवाना हुन सक्छ

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Strict action against those spreading false information in the UAE

काठमाडौँ — युएइले युद्धसम्बन्धी गलत सूचना नफैलाउन चेतावनी दिइएको छ ।

यसअघि सामाजिक सञ्जालमा दुबई र अबुधाबीका विशाल भवनहरु ध्वस्त भएको र मानिसहरु भागिरहेका भिडियोहरु भाइरल भएका थिए । त्यसमध्ये केही भिडियो वास्तविक भएपनि धेरैजसो एआई निर्मित थिए ।

यस्ता  गलत सुचना र अफवाह शेयर वा रिपोष्ट नगर्न युएइले निर्देशन दिएको छ ।

युएइको सार्वजनिक अभियोजक कार्यालयले गलत सुचना फैलाउनेमाथि कानुनअनुसार कारबाही हुने जनाएको छ । आधिकारीक र स्विकृत स्रोतबाट आउने सुचनालाई मात्रै शेयर गर्न कार्यालयले आग्रह गरेको छ । 

यूएईको साइबरक्राइम कानुनअन्तर्गत  गलत सुचना फैलाउनेलाई न्युनतम एक वर्षको जेल र १ देखि १० लाख दिराम जरिवाना हुन सक्छ ।

कान्तिपुर

Link copied successfully