कतार एयरवेजले पाँचौंपटक जारी गर्‍यो उडान स्थगनको सूचना

शनिबारसम्मको यात्रा मिति भएका यात्रुले १४ दिनसम्म नि:शुल्क मिति परिवर्तन गर्न र टिकटको रकम फिर्ता लिन पाउनेछन् ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Qatar Airways issues flight suspension notice for the fifth time

काठमाडौँ — कतार एयरवेजले कतारी हवाई मार्ग बन्द भएका कारण आफ्ना उडान अस्थायी रूपमा स्थगित गरिएको भन्दै बुधबार दिउँसो पाँचौं सूचना जारी गरेको छ ।

एयरलाइनन्सका अनुसार हवाई मार्गमा उडान सुरक्षा पुष्टि भएपछि मात्रै उडानहरू सञ्चालनमा आउनेछन् ।

कतारले उडानबारे अर्को अपडेट शुक्रबार बिहान दोहाको समयअनुसार ९ बजे (६ मार्च २०२६, दोहा समय) मा उपलब्ध गराउने केहीबेरअघि अद्यावधिक सूचनामा लेखेको छ ।

कतार एयरवेजले विश्वभर दैनिक करिब १ हजार उडान सञ्चालन गर्छ, जसमा काठमाडौंका लागि दैनिक तीनवटा उडान हुन्थे ।

कतारले शनिबार (२६ फागुन) सम्मको यात्रा मिति भएका यात्रुका लागि विकल्प सुझाएको छ । जलमा मूल यात्रा मितिबाट १४ दिनसम्म नि:शुल्क मिति परिवर्तन पाइने वा टिकटको रकम फिर्ता लिन सकिनेछ । एयरलाइन्सले कतारमा रहेको कल सेन्टरमा उच्च दरमा यात्रुहरुका कल प्राप्त भइरहेका कारण प्रतीक्षा समय लामो हुन सक्ने भनेको छ ।

कान्तिपुर

Link copied successfully