भिडियोमार्फत भ्रम र अफवा फैलाएउने, निर्वाचन गतिविधिलाई प्रत्यक्ष असर गर्ने खालको काममा भट्ट संलग्न भएको प्रहरीले जनाएको छ ।
चितवन — एआईबाट डिपफेक भिडियो तयार गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश भनेर सामाजिक सञ्जालहरूमा पोस्ट गरेको आरोपमा चितवन प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका-१६ का नन्दप्रसाद भट्ट विद्युतीय कारोबार ऐनअनुसारको कसुरमा समातिएका हुन् ।
भिडियोमार्फत भ्रम र अफवा फैलाएउने, निर्वाचन गतिविधिलाई प्रत्यक्ष असर गर्ने खालको काममा भट्ट संलग्न भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोको प्राविधिक सहयोगको आधारमा चितवन प्रहरीले सो कार्यमा भट्ट संलग्न भएको पत्ता लगाएको थियो । उनलाई भरतपुर महानगरपालिका–१० बाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको डीएसपी खनालले जानकारी दिए ।