दुवैजना तेहरानस्थित अजरबैजानी दूतावासमा काम गर्थे ।
काठमाडौँ — इरानमा कार्यरत दुई नेपाली अजरबैजान हुँदै बुधबार दुबई आइपुगेका छन् । अखाँखाचीका विष्णुप्रसाद भुसाल र राजु खनाल दुबई आइपुगेका हुन् । ६ जना नेपाली इरानमै छन् ।
‘हामी इरानबाट शनिबार बिहान गाडी चढेका थियौं । आइतबार साँझ अजरवैजान पुग्यौं,’ भुसालले कान्तिपुरसँग भने,‘त्यहाँ दुई दिन बसेपछि बुधबार दुबई आइपुगेका छौं ।’
उनीहरूलाई अजरबैजानको दूतावासले जहाज बुक गरेर दुबई लिएर आएको हो । ‘दुबईमा बसेर उडान पर्खिबसेका छौं । उडान चालु भएपछि नेपाल आउने हो,’ उनले भने,‘हामी सुरक्षित छौं ।’ दुवैजना तेहरानस्थित अजरबैजानी दूतावासमा काम गर्थे ।
