कठिन संक्रमण पार गरेर यहाँसम्म आएकोमा सन्तोष लागेको छ : प्रधानमन्त्री कार्की 

प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो उपलब्धि तपाईँ-हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

I am satisfied that I have come this far after overcoming a difficult transition: Prime Minister Karki

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले २३ र २४ भदौको जेन-जी आन्दोलनपछि आफूले लिएको सरकारको नेतृत्वले निर्वाचनको मुखसम्म पुर्‍याउन पाएकोमा सन्तोष व्यक्त गरेकी छिन् । मौन अवधि सुरु हुनुअघि देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । 

‘आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ, ’ कार्कीले भनिन्, ‘यो उपलब्धि तपाईँ-हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो। 

उनले आज  एउटा विशेष घडीमा  मनका केही कुरा राख्न चाहेको भन्दै कार्कीले देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको  टिप्पणी गरिन् । 

‘आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ।  तर, त्योभन्दा अगाडि हाम्रो सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिमा परेको छ। रङ्गहरूको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण छन्,’ कार्कीले भनिन्,  ‘मैले यो जिम्मेवारी सम्हाल्दाको  समय तपाईंहरू सबैलाई सम्झना नै छ।  जेन-जी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो। सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्योलमा थियो।’ 

कान्तिपुर संवाददाता

Link copied successfully