वैदेशिक रोजगार विभागले अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति जारी नगर्ने निर्णय गरेको हो ।
काठमाडौँ — वैदेशिक रोजगार विभागले खाडी क्षेत्रमा आइतबारदेखि श्रम स्वीकृति जारी गर्ने प्रकियालाई स्थगित गरेको छ । विभागले अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति जारी नगर्ने निर्णय गरेको हो ।
विभागका अनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, ओमान, बहराइन, मलेसिया, जोर्डन, लेबनान, टर्की, यमन र इजरायलमा श्रम स्वीकृति दिन रोकेको हो ।
