नेपालबाट खाडी क्षेत्रमा देशमा जाने उडान रद्ध हुँदा काठमाडौँस्थित त्रिभुवनविमानस्थलमा यात्रुहरूको चाप बढेको छ।
काठमाडौँ — अमेरिका र इजरायलले इरानमाथि हवाइ आक्रमण गरेर त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई लगातको हत्या गरेपछि मध्यपूर्वमा तनाव बढेको छ।
आफूविरुद्धको आक्रमणको जवाफ दिनेक्रममा इरानले मध्यपूर्वका देशहरू साउदी, कतार, यूएई लगायतका देशमा रहेका अमेरिकी सैन्य अखडाहरुमा आक्रणम गरिरहेको छ।
यसले समग्र मध्यपूर्वमै अशान्ति फैलिएको छ। यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ। विशेषगरि नेपालबाट खाडी क्षेत्रमा देशमा जाने उडान रद्ध हुँदा काठमाडौँस्थित त्रिभुवनविमानस्थलमा यात्रुहरूको चाप बढेको छ।
रोजगारीका लागि खाडी उड्न ठिक्क परेका नेपाली श्रमिकहरू उडान रद्ध हुँदा अन्योलमा परेका छन्। विमानस्थलै उनीहरू उडान सुचारु हुने पार्खाइमा रहेका देखिन्छन्।
![The Gulf opens in the afternoon [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/tiapassangerafteriranwarsunday20260301dsc3096-edited-0132026080751-1000x0.png&w=1001&h=0)