रास्वपाका निर्वाचन सम्पादन समिति सदस्य ढकालले दिए राजीनामा

रास्वपाबाट राजीनामा गरेका डा. ढकाललाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा प्रवेश गराएका छन् ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

RSVP Election Committee member Dhakal resigns

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. शंकर ढकालले पार्टीबाट राजीनामा दिएका छन् । आइतबार रास्वपा परित्याग गरेका ढकाल कांग्रेसमा प्रवेश गरेका छन् ।

रास्वपाको संघीय नेतृत्व मञ्च तथा संघीय निर्वाचन सम्पादन समिति सदस्य रहेका ढकालले पार्टी उपसभापति डीपी अर्याललाई सम्बोधन गरेर पार्टीको पद र जिम्मेवारीबाट राजीनामा गरेका हुन् ।

ढकाललाई कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी प्रवेश गराएका छन् । ढकाल उज्यालो नेपालका केन्द्रीय सदस्य थिए । उज्यालो नेपाल र रास्वपाबीच एकता भाँडिएपछि ढकाल रास्वपामै बसेका थिए ।

काभ्रेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि उनी रास्वपामै बसेका थिए । तर रास्वपाले उनलाई टिकट भने दिएन । काभ्रेमा रास्वपाको चुनाव प्रचार प्रसारमा सक्रिय रहेका उनले मतदान पहिले नै पार्टी परित्याग गरेका हुन् । उनी काभ्रेको मण्डनदेउपुर ५ का स्थानीय बासिन्दा हुन् । 

RSVP Election Committee member Dhakal resigns

कान्तिपुर

Link copied successfully