हवाई क्षेत्र प्रतिबन्धका कारण झण्डै ३८ सय यात्रु प्रभावित

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, आइतबार कुल २३ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । प्रभावित उडानहरूमा आगमन र प्रस्थान दुवै समावेश छन् ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Nearly 3,800 passengers affected by airspace restrictions

What you should know

काठमाडौँ — हवाई क्षेत्र प्रतिबन्धका कारण आइतबार नेपालका अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुँदा झण्डै ३,८०० यात्रु प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । आगमन तथा प्रस्थान दुवै उडानमा अवरोध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन् । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, आइतबार कुल २३ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । प्रभावित उडानहरूमा आगमन र प्रस्थान दुवै समावेश छन् । 

कतार एयरवेजका दोहा–काठमाडौं–दोहा रुटका ६ उडान प्रभावित हुँदा करिब १२ सय यात्रु प्रभावित भएका छन् । त्यस्तै फ्लाई दुबईका दुबई रुटका ६ उडान प्रभावित भई करिब १ हजार यात्रु प्रभावित भएको छन् । एयर अरेवियाका शारजाह रुटका ४ उडान प्रभावित हुँदा करिब ५ सय यात्रु प्रभावित भएका छन्, भने जजिरा एयरवेजका कुवेत रुटका २ उडान प्रभावित भई करिब २ सय ५० यात्रु प्रभावित भएका छन् । 

त्यसैगरी एयर अरेविया आबुधाबीका अबुधाबी रुटका २ उडान प्रभावित हुँदा करिब २ सय ८० यात्रु प्रभावित भएका छन् ।  नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका दुबई र दोहाका २ उडान प्रभावित भई करिब ३ सय यात्रु प्रभावित भएका छन् ।यसैबीच, नेपाल वायुसेवा निगमको दुबई गन्तव्यतर्फको एक उडान रद्द हुँदा करिब २०० यात्रु समेत प्रभावित भएको छन् । 

प्राधिकरणका सहप्रवक्ता भुलले हवाई क्षेत्र प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडानहरूमा अवरोध आएको जनाउँदै प्रभावित यात्रुहरूको व्यवस्थापन तथा उडान पुनः सञ्चालनका लागि सम्बन्धित वायुसेवा कम्पनीहरूसँग समन्वय भइरहेको जनाएका छन् । प्राधिकरणले यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन अनुरोध गरेको छ ।

कान्तिपुर

Link copied successfully