कतार एयरवेजका दुई वटा वाइडबडी जहाज काठमाडौंमा रोकिए

विमानस्थलका प्रवक्ता सन्तुष्ट बस्नेतका अनुसार दुवै वाइडबडी विमान हाल काठमाडौंमै रोकिएका छन् । रोकिएका विमानहरुको यात्रु क्षमता ३०० रहेको छ ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

Two Qatar Airways widebody planes grounded in Kathmandu

काठमाडौँ — कतार एयरवेजका दुई वटा बोइङ ७८७–९ ड्रीमलाइनर वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अवतरणपछि रोकिएका छन् ।

दोहाबाट काठमाडौं आएको उडान QR644 शनिबार साँझ १८:१२ बजे अवतरण गरेको थियो भने अर्को उडान QR646 १७:१० बजे अवतरण गरेको थियो । दुवै विमान २८ फेब्रुअरीमा काठमाडौं आएका हुन् ।

विमानस्थलका प्रवक्ता सन्तुष्ट बस्नेतका अनुसार दुवै वाइडबडी विमान हाल काठमाडौंमै रोकिएका छन् । रोकिएका विमानहरुको   यात्रु क्षमता ३०० रहेको छ ।

एयरलाइन्सका अनुसार दुवै उडानमार्फत दोहा जान लागेका करिब ६ सय यात्रुलाई घर पठाइएको छ । कतारले टिकट रकम फिर्ता नलिने यात्रुहरूले १४ दिनभित्र शनिबारकै टिकट पुनः प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

उडान कहिले नियमित रूपमा सञ्चालन हुने भन्ने विषयमा भने हालसम्म अनिश्चितता रहेको बताइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully