कतारको सुरक्षा निकायको निर्देशन पालना गर्न नेपाली दूतावासको अनुरोध

दूतावासले शनिबार एक ट्राभल एड्भाइजरी जारी गर्दै कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सतर्कता तथा निर्देशनहरूको कडाइका साथ पालना गर्न अनुरोध गरेको हो ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

Nepali Embassy requests to follow instructions of Qatari security agencies

काठमाडौँ — नेपाली दूतावासले कतारमा कार्यरत नेपालीलाई स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्दै सुरक्षित रहन आग्रह गरेको छ ।

दूतावासले शनिबार एक ट्राभल एड्भाइजरी जारी गर्दै कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सतर्कता तथा निर्देशनहरूको कडाइका साथ पालना गर्न अनुरोध गरेको हो । 

‘सम्भव भएसम्म भीडभाड हुने स्थान, सभा–जुलुस तथा प्रदर्शनस्थलबाट टाढा रहने,  अज्ञात व्यक्ति वा अप्रमाणित स्रोतबाट फैलाइएका हल्ला तथा अफवाहमा विश्वास नगर्ने,’ विशेष सूचनामा भनिएको छ,‘अप्रमाणित सूचना, समाचार वा भिडियो क्लिपहरू सामाजिक सञ्जालमार्फत साझा नगर्ने, आधिकारिक घोषणा तथा आपत्कालीन सतर्कतासम्बन्धी सूचनाहरू नियमित रूपमा पालना गर्ने ।’

दूतावासले आपत्कालीन अवस्थामा सहयोग आवश्यक परेमा नेपाली दूतावास, दोहासँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

कान्तिपुर

Link copied successfully