यो निर्वाचन निर्वाचन मात्रै होइन जनमत संग्रह हाे : ढकाल

नेता हरि ढकालले भने, ‘भ्यु टावर र स्वागत गेट बनाएर मात्रै किसानका मुहारमा हाँसो आएन । अबको ५ वर्षमा हामी हाँसो ल्याउने छौं ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

This election is not just an election, it is a referendum: Dhakal

काठमाडौं — रास्वपाबाट चितवन–१ का उम्मेदवार हरि ढकालले यो निर्वाचन निर्वाचन मात्रै भभएर जनमत संग्रह भएको बताएका छन् । चितवनमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनलाई ३५ वर्षको यथास्थितिवादलाई जरैदेखि उखेलेर फाल्ने जनमत संग्रहको रुपमा लिएको उनले बताएका छन् ।

उनले भने, ‘यो ३५ वर्ष संसदलाई सिर्जनात्मक थलो बनाउनै नदिने व्यवस्थालाई चिर्वाचनले खारेज गर्ने विश्वास लिएका छौं । आउने सदनले अब थाती रहेका सबै कानुन बनाउने विश्वास लिएका छौं ।’ 

उनले आगामी ५ वर्ष रास्वपाले किसानको मुहारमा हाँसो ल्याउने पनि बताए । उनले भने, ‘भ्यु टावर र स्वागत गेट बनाएर मात्रै किसानका मुहार हाँसो आएन । अबको ५ वर्षमा हामी हाँसो ल्याउने छौं । यस्तै देशका खेलाडीलाई आर्थिक रुपमा सम्पन्न बनाउने छौं । हामी केही होइन धेरै गर्न आएका हौं । हामीले भनेका जति संख्या तपाईले पुर्‍याइदिनु हुने विश्वास छ ।’  

कान्तिपुर संवाददाता

Link copied successfully