शुक्रबार अपराह्नको रेकर्ड : काठमाडौं विश्वको तेस्रो प्रदूषित सहर

काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक १५९ पुगेको छ ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Friday afternoon record: Kathmandu is the third most polluted city in the world

काठमाडौँ — काठमाडौं विश्वको तेस्रो प्रदूषित सहर बनेको छ । शुक्रबार अपराह्नको रेकर्डअनुसार काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५९ पुगेको छ ।

यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिकका साथै श्वासप्रश्वास र मुटुरोगीलाई यो तहको प्रदूषणले बढी असर पार्न सक्छ । 

एक्यूआईअनुसार भियतनामको हनोई सहर सबैभन्दा बढी प्रदूषित देखिएको छ । जहाँ वायु प्रदूषणको तह १६५ छ भने विश्वको दोस्रो प्रदूषण सहर पाकिस्तानको लाहोरमा छ । शुक्रबार अपराह्नको रेकर्डअनुसार यहाँ प्रदूषणको तह १६२ रहेको छ ।

Friday afternoon record: Kathmandu is the third most polluted city in the world 

एक्यूआई मापदण्डअनुसार शून्यदेखि ५० सम्मलाई ‘राम्रो’ (हरियो संकेत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेँलो संकेत), १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा राखिएको छ । अस्वस्थ तहले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्न सक्ने विज्ञ बताउँछन् । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully