नेकपा (बहुमत) का महासचिव बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बास्तोलालाई रिहाइ गर्न आदेश दिएको हो ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

Supreme Court orders release of NCP (Majority) General Secretary Bastola from detention

काठमाडौँ — सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बास्तोलालाई रिहाइ गर्न आदेश दिएको हो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । उनको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले गत फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully