ट्रकको ठक्करबाट मोटरसाइकल चालकसहित दुईजनाको मृत्यु

दुर्घटनामा राक्सिराङ गाउँपालिका-१ का २२ वर्षीय मोटरसाइकल चालक सन्जित स्याङ्तान र सोही मोटरसाइकलको पछाडि सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो ।

फाल्गुन १३, २०८२

प्रताप विष्ट

Two people, including a motorcyclist, died in a truck collision

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-१९ वस्तीपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक र मोटरसाइकलमा सवार यात्रुकाे मृत्यु भएको छ ।

हेटौंडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई  नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ग२ख ८९८ नम्बरको ट्रकले ठक्कर दिएकाे हाे । उक्त दुर्घटनामा राक्सिराङ गाउँपालिका-१ का २२ वर्षीय मोटरसाइकल चालक सन्जित स्याङ्तान र  सोही मोटरसाइकलको पछाडि सवार  १८ वर्षीय अमोश थिङको मृत्यु भएको छ ।

दुर्घटनामा दुवैजना गम्भीर घाइते भएका थिए । घाइतेद्धयको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । 

ट्रकले ठक्कर दिएर भागेको थियो । उक्त ट्रकलाई बिरगन्ज महानगरपालिका- १३ प्रतिमाचोकस्थित ग्यारेजबाट प्रहरीले नियन्त्रणमा लिएको  छ । ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरापालिका- ३ का  ३६ वर्षीय अनिल साह फरार रहेको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully