सोमबार बिहान पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।
धादिङ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका -५, चाइना धारामा सोमबार भएको दुर्घटनाको अध्ययन गर्न सरकारले बनाएको कार्यदलले बुधबार घटनास्थलको अवलोकन र सरोकारवालासँग छलफल गरेको छ।
गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी संयोजक रहेको कार्यदलले आज घटास्थलको अध्यनसँगै दुर्घटनापछि उद्धारमा सहभागी भएका स्थानीय, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेको छ ।
कार्यदलले गरेको छलफलमा अधिकांश वक्ता सहभागीले उद्धार सामग्री अभाव भएको कुरालाई जोड दिएर उठाएका थिए ।
७ दिनभित्र प्रतिवेदन बुझाउने गरी गठित कार्यदलले घटनाको सूक्ष्म अध्यन गरी कार्यान्वयन गर्न सक्ने गरी प्रतिवेदन दिने गरी काम थालेको कार्यदलका संयोजक ऋषिराम तिवारीले बताए ।
सोमबार बिहान पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।
