धादिङ बस दुर्घटना : घटनास्थल अध्ययनपछि सात दिनभित्र प्रतिवेदन दिने कार्यदलको प्रतिबद्धता

कार्यदलले बुधबार घटनास्थलको अध्ययनसँगै दुर्घनापछि उद्धारमा सहभागी तथा सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको छ ।

फाल्गुन १३, २०८२

पोषनाथ अधिकारी

Dhading bus accident: Task force commits to submit report within seven days after studying the incident site

काठमाडौँ — गत सोमबार धादिङमा  एको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले बुधबार घटनास्थलको अवलोकन तथा सरोकारवालासँग छलफल गरेको छ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, चाईना धारामा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो। सोही दुर्घटनाको कारण खोज्न सरकारले गृह मन्त्रालयका सहसचिव रिषिराम तिवारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। 

उक्त कार्यदलले बुधबार घटनास्थलको अध्ययनसँगै दुर्घनापछि उद्धारमा सहभागी तथा सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको हो। सात दिनभित्र घटनाको अध्ययन गरी कार्यान्वयन गर्न सक्ने गरी प्रतिवेदन दिने गरी काम थालेको कार्यदलका संयोजक तिवारीले बताए ।  छलफलमा अधिकांशले उद्धार सामग्री अभाव भएको विषयलाई जोड दिएका छन्।

पोषनाथ अधिकारी

Link copied successfully