सर्वोच्चका न्यायाधीशद्वय मनोनकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।
काठमाडौँ — सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोनकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।
मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंका तर्फबाट उमा प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् । यसअघि सर्वोच्चले फागुन ८ गते कारण देखाउ र बन्दीसहित अदालत उपस्थित गराउन आदेश दिएको थियो ।
प्रसाईं विभिन्न समयमा पक्राउ पर्दै रिहा हुने हुँदै आएका छन् । पछिल्लो पटक उनले दिएको अभिव्यक्तिमाथि अनुसन्धानका लागि भन्दै प्रहरीले गत सोमबार राति पक्राउ गरेको थियो । जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेपछि परिवारको तर्फबाट बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको हो ।
