सोलुमा यसवर्ष पहिलो हिउँदे हिमपात

हिमपात र चिसो बढे पनि चुनावी गतिविधिमा कुनै असर नपरेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेको भनाइ छ ।

फाल्गुन १२, २०८२

भानुभक्त निरौला

First snowfall of the year in Seoul

सोलुखुम्बु — हिउँदयाम सकिनै लाग्दा हिमाली जिल्ला सोलुखुम्बुमा यसवर्ष पहिलोपटक हिमपात भएको छ । मंगलबार दिउँसोबाट मौसममा बदली आएसँगै सोलुका उच्च भेगमा हिमपात भएको हो । 

माथिल्लो खुम्बु क्षेत्र र तल्लो सोलुको उच्च पहाडी भेग हिउँले सेताम्मे भएका छन् । छिटपुट वर्षासँगै भएको हिमपातले चिसो बढेको छ । हिमपातका कारण खुम्जुङ, नाम्चे, पिके र पताले डाँडाहरूमा बाक्लो हिउँ जमेको छ । हिउँ परेपछि किसानहरू खुसी भएको पतालेका प्रकाश मगरले बताए । हिमपात भए पनि खुम्बु क्षेत्रको जनजीवन सामान्य रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोजित कुँवरले बताए ।First snowfall of the year in Seoul

हिमपातले चिसो बढे पनि चुनावी गतिविधिमा कुनै असर नपरेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेको भनाइ छ ।

भानुभक्त निरौला

Link copied successfully