प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा आयोगको सक्कल फाइल झिकाउन आदेश

आयोगले फागुन ४ मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको सक्कल फाइल मगाउन आदेश दिएको हो ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

Order to produce original file of the Commission in Prasai's habeas corpus petition

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयको फाइल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले गत फागुन ४ मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको सक्कल फाइल मगाउन आदेश दिएको हो ।

'प्रसाईंको हकमा उमा प्रसाईंले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा यस्तो आदेश आएको हो ।

'अनुसन्धान गरी कारबाही गर्न लेखिपठाउने भनी गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू,' आदेशमा भनिएको छ ।

सर्वोच्चले मंगलबारका लागि अर्को पेसी तोक्न भनेको छ ।

Order to produce original file of the Commission in Prasai's habeas corpus petition

प्रसाईं विभिन्न समयमा पक्राउ पर्दै रिहा हुँदै आएका छन् । पछिल्लो पटक उनले दिएको अभिव्यक्तिमाथि अनुसन्धानका लागि भन्दै प्रहरीले गत सोमबार राति पक्राउ गरेकाे थियो ।  

कान्तिपुर संवाददाता

Link copied successfully