वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु

सवारी साधन पार्किङको सामान्य बिषयमा विवाद बढ्दै गएपछि उक्त विवाद दुई समुदायको बिवादमा परिणत हुन पुगेको थियो ।

फाल्गुन ११, २०८२

शंकर आचार्य

Indefinite curfew in Birgunj

पर्सा — पर्साको वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु लागेको छ।

दुई समुदायबीच विवाद बढ्दै गएपछिजिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजरगरि कर्फ्यु लगाएको बताएकाे छ।

कर्फ्यु सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कायम रहने छ। वीरगञ्ज महानगरपालिकाभित्र कर्फ्यु लागू हुने छ। 

कर्फ्युको समयमा आवत जावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने पाइने छैन।

वीरगन्जको श्रीपुरमा आइतबार राति सवारी साधन पार्किङको सामान्य बिषयमा विवाद बढ्दै गएपछि उक्त विवाद दुई समुदायको बिवादमा परिणत हुन पुगेको थियो । 

उक्त घटनामा करिब आधा दर्जन व्यक्ति सामान्य घाइते भएका थिए । रातिनै एक जनालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। 

राति सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिए पनि सोमबार बिहान पुनः श्रीपुर क्षेत्रमा तनाव भएपछि प्रशासनले कर्फ्यु लगाएको हो।

Indefinite curfew in Birgunj

शंकर

Link copied successfully