धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १७ यात्रुको मृत्यु, केहीको उद्धार हुँदै

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा १७ जनाको मृत्यु भएको छ ।

फाल्गुन ११, २०८२

पोषनाथ अधिकारी

17 passengers die as bus falls into Trishuli near Charaundi, Dhading, some are being rescued

काठमाडौँ — पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो । 

17 passengers die as bus falls into Trishuli near Charaundi, Dhading, some are being rescued

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा १७ जनाको मृत्यु भएको छ । अन्य २३ घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

17 passengers die as bus falls into Trishuli near Charaundi, Dhading, some are being rescued

नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको छ । घटना राति  भएकोले उद्धार कार्यमा कठिनाइ भइरहेकाे छ । घटनाको विस्तृत विवरण पनि आइसकेको छैन । 

प्रहरीको अनुसार मृत्यु हुनेमा ४ महिला र १३ पुरुष छन् ।

17 passengers die as bus falls into Trishuli near Charaundi, Dhading, some are being rescued

पोषनाथ

Link copied successfully