चुनावी माहोल बुझ्न प्रधानमन्त्री कार्की मुस्ताङमा

उनले हिमाली बस्तीको अवलोकन गर्ने छिन्। त्यस्तै स्थानीय र सरकारी अधिकारीसँग पनि अन्तरक्रिया गर्नेछिन्।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki in Mustang to understand the election atmosphere

काठमाडौँ — हिमाली जिल्लाको चुनावी माहोल बुझ्न प्रधानमन्त्री सुशीला कार्की मुस्ताङ पुगेकी छिन्। 

शुक्रबार बिहान हेलिकोप्टरमार्फत त्यहाँ पुगेकी उनले हिमाली बस्तीको अवलोकन गर्ने छिन्। त्यस्तै स्थानीय र सरकारी अधिकारीसँग अन्तरक्रिया पनि गर्ने छिन्।

प्रधानमन्त्री कार्कीले त्यहीक्रममा मुक्तिनाथ मन्दिरको पनि दर्शन गरेकाे उनको सचिवालयले बताएको छ।

प्रधानमन्त्रीका साथमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी छन्।

फागुन २१ गते हुने चुनावकाे अवस्थाबारे जानकारी लिन  कार्की यसअघि अर्को हिमाली जिल्ला सोलुखुम्बु पनि पुगेकी थिइन्। 

कान्तिपुर संवाददाता

Link copied successfully