प्रजातन्त्र दिवसको अवसरमा बिहीबार हेटौंडामा आयोजित कार्यत्रममा बोल्दै मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा कसैले पनि विभेद भएको महशुष गर्ने वातावरण सिर्जना गर्न नहुने बताए ।
हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले लोकतन्त्रमा पारदर्शी, जनताप्रति उत्तरदायी र इमान्दारीपूर्वक शासन संचालन गर्न सकेमा मुलुकमा सहिद बन्ने क्रम रोकिने बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा बिहीबार हेटौंडामा आयोजित कार्यत्रममा बोल्दै मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा कसैले पनि विभेद भएको महशुष गर्ने वातावरण सिर्जना गर्न नहुने बताए । ‘प्रजातन्त्र होस् वा लोकतन्त्र जुनसुकै प्रणालीमा पनि जनताप्रति इमान्दारीका साथ काम भएन भने मुलुकमा विग्रह उत्पन्न भइरहन्छ, त्यसैले सरकारमा रहेका सबै तहका जिम्मेवार, सुरक्षा निकाय र निजामती कर्मचारीले तोकिएका काम निष्ठापूर्वक गर्न आग्रह छ,’ मुख्यमन्त्री बानियाँले भने ।
प्रजातन्त्रको नाममा निरकुश शासन, लोकतन्त्रको नाममा अलोकतान्त्रिक गतिविधिकाविरुद्ध आन्दोलन हुने गरेको चर्चा गर्दै मुख्यमन्त्री बानियाँले फागुन २१ मा हुन गइरहेको निर्वाचनले म्लुकलाई स्थिरतातर्फ अगाडि बढाउने विश्वास व्यक्त गरे ।
बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको परिसरमा आयोजना गरिएको प्रवचन कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा रहेका थिए । ऊक्त कार्यत्रममा तामाङ समुदायलगायत विभिन्न समुदायको झाँकी प्रदर्शन गरिएको थियो ।
