शिवरात्रिमा पशुपतिमा प्रहरी कुट्ने युवा पक्राउ

प्रहरीका अनुसार मकवानपुर ठुलदमार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्ने रिजन श्रेष्ठ स्वयम्भुबाट पक्राउ परेका हुन् ।

फाल्गुन ६, २०८२

विवेक पोख्रेल

काठमाडौँ — केही दिनयता सामाजिक सञ्जालमा एकजना युवाले वर्दीमा रहेका प्रहरीलाई हातपात गर्दै लात्तीले हानेको भिडियो भाइरल बनेको थियो । सार्वजनिक भिडियोबाट यो दृश्य पशुपतिनाथ मन्दिर परिसरभित्रको सजिलै बुझिन्थ्यो । सुरक्षा प्रदान गरिरहेका प्रहरीमाथि जाइलाग्दै कुटपिटमा उत्रिएका युवालाई प्रहरीले त्यतिबेलै पक्राउ गर्ने प्रयास गरे पनि शिवरात्रिको भीडभाडमा उनी उम्केका थिए ।

मंगलबार मात्रै प्रहरीले सामाजिक सञ्जालमार्फत प्रहरीमाथि जाइलाग्ने युवाको खोजीमा सूचना नै जारी गरेको थियो । काठमाडौं उपत्यका प्रहरी परिसरका एसएसपी रमेश थापाले प्रहरीमाथि कुटपिट गर्ने युवा पक्राउ परेको बताए ।

प्रहरीका अनुसार मकवानपुर ठुलदमार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्ने रिजन श्रेष्ठ स्वयम्भुबाट पक्राउ परेका हुन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully