टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु : बनेपा तनावग्रस्त

घटनापछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।

फाल्गुन ६, २०८२

ज्योती श्रेष्ठ

Scooter driver dies after being hit by tipper: Banepa tense

काभ्रे — टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपाको अवस्था तनावग्रस्त बनेको छ ।

बुधबार बिहान बागमती प्रदेश-०१- ००४ क ३४२३ नम्बरको टिपरले बनेपा टेलिकम चोकमा स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

Scooter driver dies after being hit by tipper: Banepa tense

उनको पहिचान खुलिसकेको छैन । मृतकको शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

Scooter driver dies after being hit by tipper: Banepa tense

घटनापछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुंगामुढा गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

Scooter driver dies after being hit by tipper: Banepa tense

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully