कार चालकले पैदलयात्रुलाई पिटेको भिडियो भाइरल, प्रहरीले थाल्यो अनुसन्धान

जथाभावी बोलेको भन्दै पैदलयात्रुलाई मुक्का हानेको भिडियोबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले बताए ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Video of car driver beating pedestrian goes viral, police launch investigation

काठमाडौं — काठमाडौंमा एकजना कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

जथाभावी बोलेको भन्दै पैदलयात्रुलाई मुक्का हानेको भिडियोबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले बताए । ‘यसबारे सबैतिरबाट सरोकार व्यक्त भएको छ, प्रहरीले त्यो घटना के हो भन्नेबारे जाँच थालिसकेको छ,’ उनले भने ।

काठमाडौं प्रहरीका अधिकृतहरूका अनुसार, नजिकै साझा यातायातको बससमेत देखिएकाले प्राविधिक पक्षको विश्लेषणबाट सम्बन्धित व्यक्तिको खोजी भइरहेको छ ।

कान्तिपुर

Link copied successfully