निर्वाचन सफल पार्न राष्ट्रपतिको आह्वान

उनले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

President's call for a successful election

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न आह्वान गरेका छन् ।

मंगलबार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ मे फो त ल्हो (नयाँ वर्ष) को शुभकामना दिँदै उनले यस्तो आह्वान गरेका हुन् । उनले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको जिकिर गरे । उनले भने, ‘सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ । त्यसैका लागि लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकाले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन अवसरमा म सबैलाई आह्वान गर्दछु ।’

कान्तिपुर

Link copied successfully