पासोमा परी घाइते भएको चितुवा मर्‍यो

उद्धार गरी उपचारका लागि अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएकामा त्यहीँ चितुवा मरेको हो ।

फाल्गुन ५, २०८२

रासस

Leopard dies after being injured in snare

अर्घाखाँची — अर्घाखाँचीको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी–३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो ।

घाइते चितुवालाई उद्धार गरी उपचारका लागि अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएको थियो । उपचारका  सोमबार दिउँसो चितुवा मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।

चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन् । उनको उपचार भइरहेको छ । 

रासस

Link copied successfully