हरेकलाई योग्यताअनुसारको काम र दाम दिने कुराले मात्रै मुलुकलाई सही बाटोमा अघि बढाउने उनको भनाइ छ ।
काठमाडौँ — नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारलगायत देशका मुख्यमुख्य प्रशासनिक निकायहरुमा आगो लगाउने काम गलत भएको बताएका छन् ।
काठमाडौंमा आइतबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले मुलुकको मुख्यमुख्य स्थानहरुमा आगो लगाउने काम गरेर भ्रष्टाचारमुक्त गर्ने कुरा सही नभएको समेत बताए । हरेकलाई योग्यताअनुसारको काम र दाम दिने कुराले मात्रै मुलुकलाई सही बाटोमा अघि बढाउने उनको भनाइ छ ।
‘भ्रष्टाचारको विरोध गर्नु ठीक हो । तर सिंहदरबार जलाएर, राष्ट्रपति भवन र अरु सबै स्कुल, कलेजमा आगो लगाएर भ्रष्टाचार अन्त्य हुन्छ भन्ने साँचो होइन । योग्यताअनुसारको काम छैन । कामअनुसार ज्याला यहाँ छैन । त्यसैले हाम्रो भोटमा कमी आउँछ,' उनले भने ।
अध्यक्ष बिजुक्छेले चुनावपछि आफ्नो पार्टी सरकारमा नजाने अडान दोहोर्याउँदै संसदमार्फत देश र जनताको पक्षमा काम गर्न सरकारलाई दबाब दिने कामलाई तीव्रता दिनेसमेत बताए ।
