नियन्त्रणमा लिएका उनीहरुले दाङकाे घोराही बजारमा गमलाको काम गर्दे आएको प्रहरीले जनाएको छ।
(बर्दिया) — भारतमा लैजान लागेका तीन नेपाली वालवालिकालाई प्रहरीले मंगलबार राती गुलरियाबाट उद्धार गरेको छ । भारत लैजान लागेका छ जना भारतीयलाई नियंत्रणमा लिई प्रहरीले अनुसन्धान गरि रहेको जनाएको छ ।
उद्दार गरिएका वालवालिकामा रोल्पा उपरकोटका १५ वर्षीया ,सोही ठाउकी १३ वर्षीया वालिका र दाङ फुलवारीका ८ वर्षीय वालक रहेकाछन ।
गुलरिया नगरपालिका–७ भन्सार रोडस्थित भारत उत्तरप्रदेश राज्य बहराइच जिल्लाका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डिएसपी देवेन्द्रकुमार मल्लले जनाए ।
प्रहरीले नियन्त्रणमा लिएका सोही ठाउकी ७४ वर्षिया लेडी महत, उनका छोरा ३४ वर्षीय हिरालाल महत, २६ कि ज्ञानकुमारी महत, अयोध्या गोलाई गाउँकी ३५वर्षीया सुनिता महत, बहराईचका २४ वर्षीय, भुल्लु महत र १९ वर्षीय मुकेश महत रहेको उनले जनाए ।
प्रारम्भिक अनुसन्धानमा नियन्त्रणमा लिएका उनीहरुले दाङकाे घोराही बजारमा गमलाको काम गर्दे आएको प्रहरीले जनाएको छ। नेपाली वालवालिकालाई भारतमा कुन प्रयोजनका लागि लैजान खोजिएको भन्ने अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।
भारतीय नागरिकसंग आफना काखे वालक पनि रहेका छन् ।
