उनले अख्तियारलाई सबै किसिमका भ्रष्टाचारलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका छन् ।
What you should know
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले दबाव र प्रभावमा नपरी अनुसन्धान र अभियोजन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् ।
३५ औं अख्तियार दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा पौडेलले जेन–जी आन्दोलन सुशासनकै लागि भएको कुरा भुल्न नहुने बताए ।
सुशासन र पारदर्शिता बिना लोकतन्त्र जनताको घरघरसम्म नपुग्ने उनको भनाइ छ । उनले अख्तियारलाई सबै किसिमका भ्रष्टाचारलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका छन् ।
सुशासनका लागि नागरिको भरोसमा अख्तियार नै भएकाले त्यसलाई कायम राख्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ । भ्रष्टाचारविरुद्धको लडाइँ सबैको सामूहिक प्रयासबाट मात्र पूरा हुने उनले बताए ।
दृढ राजनीतिक प्रतिबद्धताबाट मात्रै भ्रष्टाचार नियन्त्रण हुने उनले बताए । सदाचार, नैतिकता, निष्क्षता, पारदर्शीतालाई अगाडि बढाएर हिँडे सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा आउने उनको भनाइ छ ।
उनले भने, ‘दबाव र प्रभावमा नपरी, कसुरदार ठूलोसानो नभनी भ्रष्टाचारमा छानबिन गरी कानुनी दायरामा ल्याउन आयोग चुक्ने छैन, झुक्ने छैन भन्ने अपेक्षा लिएको छु ।’
