प्रचण्डसहितका शीर्ष नेताहरु हामीलाई सिकाएर विश्राम लिँदै हुनुहुन्छ : अजय कुशवाहा

‘युवाहरुलाई देश कसरी चल्छ सिकाउँदै हाम्रो संयोजकसहितका नेताहरु विश्राम लिँदै हुनुहुन्छ । सायद अर्को निर्वाचनमा संयोजकसहितका केही नेता निर्वाचनमा उठ्नु हुन्न ।’

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Top leaders including Prachanda are taking a break after teaching us: Ajay Kushwaha

काठमाडौँ — युवा उम्मेदवार अजय कुशवाहाले ‘कान्तिपुर कन्क्लेभ–२०२६’ दोस्रो दिनको चौथो सत्र 'गणतन्त्रका नयाँ आवाज' सत्रमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुले आफूलाई राजनीति सिकाएर विश्राम लिने तयारीमा रहेको बताएका छन् ।

‘युवाहरुलाई देश कसरी चल्छ सिकाउँदै हाम्रो संयोजकसहितका नेताहरु विश्राम लिँदै हुनुहुन्छ । सायद अर्को निर्वाचनमा संयोजकसहितका केही नेता निर्वाचनमा उठ्नु हुन्न,’ उनले भने,‘सबै कुरा मिलाएपछि नयाँ पुस्तालाई जिम्मा दिएर आफू विश्राम लिने सोचमा हुनुहुन्छ । ’

अहिलेको निर्वाचनमा सबै पार्टीले नयाँ पुस्तालाई अघि सार्नु राम्रो रहेको र पार्टीले नयाँ पुस्ताको कुरा सुनेको छ भन्ने प्रमाण रहेको समेत उनले बताए । 

उनले अन्तरिम सरकारमा भएका मान्छे राजीनामा दिएर चुनावमा उठ्न जानु गलत भएको समेत बताए ।

कान्तिपुर

Link copied successfully