सरकारमा बसेर आन्दोलन दमन गर्नेलाई कारबाही हुनुपर्छ : सुमना श्रेष्ठ

‘सत्तामा बसेर शक्तिको दुरुपयोग भएको छ । दोषीलाई कारबाही हुनुपर्छ ।'

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Action should be taken against those who suppress the movement while in government: Sumana Shrestha

काठमाडौँ — राजनीतिकर्मी सुमना श्रेष्ठले सरकारमा बसेर आन्दोलनमा दमन गर्नेलाई कारबाही हुनुपर्ने बताएकी छन् ।

मंगलबार कान्तिपुर कन्क्लेभको 'नीति, नेता र नेतृत्व' विषयक अन्तिम सत्रमा बोल्दै उनले प्रश्न गरिन्, ‘राज्यको स्रोत प्रयोग गरेर गरिएको दमनमा किन कारबाही भएन ?’

सरकारले चैत १५ गतेको तीनकुने प्रदर्शन र भदौ २३ गतेको जेनजी आन्दोलनमा दमन गरेको उनले जनाइन् । ‘सत्तामा बसेर शक्तिको दुरुपयोग भएको छ । दोषीलाई कारबाही हुनुपर्छ । जहिल्यै पुरानो बिर्सेर जाउ भन्ने हो ? कहिले पनि कारबाही भएन,' उलने भनिन् ।

२०६२/०६३ का जनआन्दोलनमा दमन गर्ने सरकारी पक्षलाई पनि कारबाही नभएको उनको भनाइ थियो । दोषीलाई कारबाही नभए दण्डहीनता बढ्ने र फेरि घटना दोहोरिने उनले टिप्पणी गरिन् ।

कान्तिपुर संवाददाता

Link copied successfully