१५-४९ वर्ष उमेर समूहका महिलामध्ये ८१.६ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको छ । त्यस्तै सोही उमेर समूहका पुरुषमध्ये ९०.४ प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन रहेको छ ।
काठमाडौँ — नेपालमा प्रत्येक पाँचमध्ये चार (८२.० प्रतिशत) घरपरिवारले इन्टरनेट सुविधासहितको उपकरणको प्रयोग गर्ने गरेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको 'नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२' अनुसार १५-४९ वर्ष उमेर समूहका महिलामध्ये ८१.६ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको छ । त्यस्तै सोही उमेर समूहका पुरुषमध्ये ९०.४ प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन रहेको छ ।
त्यसैगरी तथ्यांकले ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको देखाएको छ । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश (९९.५ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेश (८०.८ प्रतिशत ) रहेको छ।
नेपालमा ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन (ल्यान्डलाइन टेलिफोन वा मोबाइल फोन) सुविधाको पहुँच रहेको छ भने प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेश (९७.१ प्रतिशत) र सबैभन्दा कममा सुदूरपश्चिम प्रदेश (९२.६ प्रतिशत) रहेको छ ।
