बेलायती सेनाका मेजर जर्नेलले राष्ट्रपतिलाई बुझाए गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन

राष्ट्रपतिले गोर्खा विग्रेडको सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा धन्यवाद व्यक्त गर्दै प्रतिवेदनउपर सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गर्ने बताए।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

British Army Major General submits annual report of Gurkha Brigade to President

What you should know

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाका मेजर जर्नेल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र संयूक्त अधिराज्यले  विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र  दुवै राष्ट्रहरूले राष्ट्रसंघीय शान्तिसेनामार्फत् विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गरे।

उनले नेपाल र संयुक्त अधिराज्यबिच सदियौँदेखि घनिष्ठ सम्बन्ध रही आएको उल्लेख गर्दै एक महत्वपूर्ण विकास साझेदारसमेत रहेको संयुक्त अधिराज्यले नेपालको विकासमा निरन्तर पुर्‍याउँदै आएको सहयोगको लागि म धन्यवाद व्यक्त गरे।

उनले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यहरूको माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप मजबूत बनाएकोमा खुसी व्यक्त गर्दै संयुक्त अधिराज्यमा  नेपालीहरूको उपस्थितिले दुई देशबीच रहिआएको जनस्तरको सम्बन्ध थप सुदृढीकरण आफूहरूको ठम्याई रहेको पनि उल्लेख गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

British Army Major General submits annual report of Gurkha Brigade to Presidentउनले पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासाहरू सम्बोधन गर्न कूटनीतिक तहमा  छलफल भइरहेको र यो विषय द्विपक्षीय संयन्त्रको माध्यमबाट छिट्टै टुंगोमा पुर्‍याउन उचित हुने आफूलाई लागेको बताए।

राष्ट्रपतिले गोर्खा विग्रेडको सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा संयुक्त अधिराज्य सरकारलाई धन्यवाद व्यक्त गर्दै प्रतिवेदनउपर सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गर्ने बताए।

सो अवसरमा बेलायती सेनाका मेजर जर्नेल जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटिस गोर्खा सेना सँधै अग्रपंक्तिमा रहेको बताउँदै प्रशंसा गरे।

ब्रिटिस गोर्खामा भर्ना भएका युवाहरूलाई ‘तपाईँहरू नेपालका छोरा, छोरी हो’ भनेर आफूले सम्झाउने गरेको बताउँदै बेलायती जनताले गोर्खा नेपालीहरूप्रति  मायाँ र सम्मान प्रकट गर्नेगरेको उल्लेख गरे।

सो अवसरमा नेपालस्थित बेलायती राजदूत रव फेनको पनि उपस्थिति थियो।

कान्तिपुर

Link copied successfully