२.१ प्रतिशत महिलाले १५ वर्षअगाडि नै एक खिल्ली चुरोट/बिँडी पूरै सेवन गरेको पाइयो
काठमाडौँ — केही नेपालीले १५ वर्षअगाडि नै चुरोट सेवन गर्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षअगाडि नै एक खिल्ली चुरोट/बिँडी पूरै सेवन गरेको पाइएको छ ।
त्यस्तै नेपालमा ५.१ प्रतिशत तथा ४१.८ प्रतिशत क्रमशः १५-४९ वर्ष उमेर समूहका महिलाहरू तथा पुरुषहरूले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको पनि कार्यालयले जनाएको छ ।
