तास खेलिरहेकाे घर इलाका प्रहरी कार्यालय वानाबाट करिब १५ सय मिटर टाढा रहेको छ ।
संखुवासभा — संखुवासभाको पाँचखपन नगरपालिका–६ वाना बजारमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो करिब ४ बजेतिर वाना बजारस्थित दुर्गाबहादुर श्रेष्ठको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट गएको प्रहरीले छापा मारेको हो । सो क्रममा जुवातास खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिनुका साथै तीन बुक तास, ५ लाख १३ हजार ३५० नगद बरामद गरेको कार्यालयका डिएसपी कुमारप्रसाद मैनालीले बताए ।
तास खेलिरहेकाे घर इलाका प्रहरी कार्यालय वानाबाट करिब १५ सय मिटर टाढा रहेको छ । नियन्त्रणमा लिएका व्यक्ति र बरामद सामाग्रीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभा ल्याइएको प्रहरीकाे भनाइ छ।
