सामाजिक सञ्जालबाट दलको प्रचार गर्ने प्रहरी हवल्दारलाई विभागीय कारवाही

इलाका प्रहरी कार्यालय सिर्सियामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेललाई पर्सा प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको हो ।

माघ २५, २०८२

शंकर आचार्य

Departmental action against police constable for promoting party on social media

पर्सा — सामाजिक सञ्जालबाट राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सा प्रहरीले एक प्रहरी हवलल्दारलाई विभागीय कारवाही अघि बढाएको छ ।

इलाका प्रहरी कार्यालय सिर्सियामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेललाई पर्सा प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको हो ।

पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले शुक्रबारदेखि प्रहरी हवल्दार पटेललाई जिल्ला प्रहरी कार्यालयमा तानेर विभागीय कारवाही सुरु गरिएको बताए ।

‘हवल्दार पटेलले प्रहरी आचरण विपरितको काम गरिएको पाइयो,’ उनले भने, ‘उनले कुनै राजनीतिक दलको पक्षमा सामाजिक सन्जालमा कमेन्ट गरेको पाइयो ।’

सुरक्षा निकायमा कार्यरत कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने प्रहरी ऐन तथा नियमावलीमा व्यवस्था छ। 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully