भारतले वीरगन्ज नाका हुँदै कूल ५ सय ३८ सवारी साधन नेपाललाई पठाउन लागेकोमा ५६ वटा मात्रै भित्रिन बाँकी छ ।
पर्सा — प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भारत सरकारले नेपाललाई उपहार स्वरुप दिएका ४ सय ८२ गाडी वीरगन्ज नाका हुँदै भित्रिएका छन् ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी सन्चालक कम्पनी टीआरएस हिमालयन लजिपार्क प्रालिका अपरेशन इन्चार्ज जीतेन्द्र रसाइलीका अनुसार आइतबार २० वटा गरी कूल ४ सय ८२ सवारी साधन यो नाकाबाट भित्रिएका हुन् ।
भारतले वीरगन्ज नाका हुँदै कूल ५ सय ३८ सवारी साधन नेपाललाई पठाउन लागेकोमा ५६ वटा मात्रै भित्रिन बाँकी छ ।
भारतले नेपालाई महिन्द्रा कम्पनीको स्कारपियो पिकअप र कार गरी दुई किसिमका सवारी साधन उपलब्ध गराएको हो । यो नाकाबाट माघ ४ देखि भारतले दिएको सवारी भित्रिन थालेकोमा ती सवारी क्रमशः भन्सारबाट बाहिरिएर राजधानी काठमाडौं तर्फ गइरहेको रसाइलीले बताए ।
