फागुन २१ को निर्वाचनलाई मौसमले असर पार्दैन : आयोग

मौसम विज्ञान विभागले पछिल्लो ३० वर्षको तथ्यांक अध्ययन गरी आयोगलाई रिपोर्ट दिएको छ 

माघ २३, २०८२

कान्तिपुर संवाददाता

Weather will not affect the Falgun 21 election: Commission

काठमाडौँ — निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मौसमले असर नपार्ने देखिएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मौसम विज्ञान विभागले उपलब्ध गराएको मौसमको पूर्वानुमानमा २०,२१ र २२ फागुनमा हिमाली क्षेत्रमा सुख्खा रहने छ। उक्त अवधिमा वर्षाको सम्भावना नदेखिएको उनले बताए ।

विभागले पछिल्लो ३० वर्षको मौसमको अध्ययनका आधारमा आयोगलाई शुक्रबार उक्त रिपोर्ट दिएको उनले उल्लेख गरे। 

आयोगले फागुन १० देखि ३० गतेसम्मको मौसमसम्बन्धी अध्ययनको जानकारी मागेको थियो। विभागले विगत ३० वर्षको तथ्यांकका आधारमा उक्त अवधिमा वर्षा नदेखिएको र मौसम सामान्यतया सुख्खा रहने जानकारी दिएको प्रवक्ता भट्टराईले बताए। 

शुक्रबार प्राप्त मौसम प्रतिवेदनअनुसार पनि निर्वाचनमा मौसमका कारण कुनै समस्या नदेखिएको उनले स्पष्ट पारे। तर, मौसममा अप्रत्याशित परिवर्तन भएमा सम्बन्धित निकायबाट सूचना आउने आयोगले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully