क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको निर्णय सर्वोच्चले गर्‍यो सदर

सर्वोच्चले कानुन बमोजिम गर्ने आदेश गर्दै धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो।

माघ २३, २०८२

कान्तिपुर संवाददाता

Supreme Court upholds special decision to send suspended CAN Director General Adhikari to detention

काठमाडौँ — सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गरेको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले विशेष अदालतको आदेश सदर गरेको हो। विशेषले थुनामा पठाएपछि अधिकारी त्यसविरुद्ध ७३ नम्बर निवेदन लिएर सर्वोच्च पुगेका थिए।

सर्वोच्चले कानुन बमोजिम गर्ने आदेश गर्दै धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो। सर्वोच्चको उक्त आदेशपछि अधिकार अब थुनामै रहने भएका छन्। यसअघि २१ मंसिरमा विशेष अदालतले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो। 

न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको थियो। 
नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको बिगो माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र भण्डारीसहित ५ जनाविरुद्ध मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

कान्तिपुर संवाददाता

Link copied successfully