गत भदौ २३ र २४ गते भएको अप्रत्यासित घटनाले देशका विभिन्न २३ वटा अदालतका भवनमा हजारौं कम्प्युटर तथा अन्य सूचना प्रविधि सम्प्रेषण नष्ट भएकाले भौतिक पूर्वाधार विकासलाई थप चुनौती पुगाएको उनले बताए ।
बैतडी — प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उच्च नैतिकता र निष्ठापूर्वक काम गरेमामात्र न्याय सेवा सरल र कम खर्चिलो हुने बताएका छन् ।
जिल्ला अदालत बैतडीको नवनिर्मित भवन उद्घाटन गर्दै उनले गत भदौ २३ र २४ गते भएको अप्रत्यासित घटनाले देशका विभिन्न २३ वटा अदालतका भवनमा हजारौं कम्प्युटर तथा अन्य सूचना प्रविधि सम्प्रेषण नष्ट भएकाले भौतिक पूर्वाधार विकासलाई थप चुनौती पुगाएको बताए ।
जिल्ला अदालतको नयाँ भवनबाट न्यायिक तथा प्रशासनिक कामकारवाहीमा प्रभावकारिता आउने बताएका छन् । नवनिर्मित भवनमा सेवाग्राही मैत्री वतावरण सुदृढ भएर सर्वसाधारणको न्यायमा अझ पहुँच पुग्ने विश्वास लिएको उनले बताए ।
जिल्ला अदालतको पाँच तले भवन २०७७ सालमा ११ करोड ३५ लाखमा निर्माण सुरु भएर गत असारमा सम्पन्न भएको हो ।
