लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

गत नोभेम्बरमा आयोजना गर्ने भनिएको सम्मेलन मुलुकको राजनीतिक परिस्थितीले गर्न नसकेपछि २५७० औं बुद्ध जयन्तीको अवसर पारेर वैशाख १६ र १७ गते (अप्रिल २९–३०) लुम्बिनीमा गर्ने तयारी गरिएको हो ।

माघ २२, २०८२

मनोज पौडेल

Third International Buddhist Conference to be held in Lumbini

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गरिने भएको छ ।

बिहीबार काठमाडौंमा बसेको लुम्बिनी विकास कोष परिषद् बैठकले लुम्बिनीको अध्यात्मिकता उजागर गर्दै पर्यटकीय गन्तब्य बनाउन सम्मेलन गर्ने निर्णय गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोष अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनका लागि मूल आयोजक समारोह समिति गठन गरेको छ ।

लुम्बिनी विकास कोष उपाध्यक्ष ल्हारक्याल लामाको संयोजकत्वमा १० सदस्यीय मूल समारोह समिति गठन गरिएको हो । यसकालागि सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

गत नोभेम्बरमा आयोजना गर्ने भनिएको सम्मेलन मुलुकको राजनीतिक परिस्थितीले गर्न नसकेपछि २५७० औं बुद्ध जयन्तीको अवसर पारेर वैशाख १६ र १७ गते (अप्रिल २९–३०) लुम्बिनीमा गर्ने तयारी गरिएको हो ।

विश्वका ४० भन्दा बढी देशका बौद्ध विद्वान, भिक्षु भिक्षुणी, गुरुमा र लामागुरुलगायतका विशिष्ट पाहुनाको सहभागीता रहने छ । दुई दिने सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी, शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु र रामग्रामलगायतका बौद्धस्थलका विषयलाई उजागर गर्न छलफल, बहस र कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ ।

लुम्बिनीमा सन् १९९८ मा पहिलो र २००४ मा दोस्रो अन्तर्राष्ट्रिय बौद्ध शिखर सम्मेलन भएको थियो । 

मनोज पौडेल

Link copied successfully